Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल र म्यानमार फाइनल खेलः दशरथ रंगशाला दर्शकले भरिभराउ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल साँझ ६ बजेदेखि सुरु भएको छ । खेलका लागि टिकट सबै बिक्री भएको छ ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन्। फाइनल खेलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा वरियतामा ५५ औं स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

नेपाल फिफाको १०३ औं वरीयतामा रहेको छ । लिग चरणमा दुवै टिमले २–२ को बराबरी खेलेका थिए । चार वटै गोल मध्यान्तरअघि नै भएका थिए । यो खेलका लागि दर्शक पूरै भरिएका छन् । दर्शकहरु चार घण्टा अगाडिदेखि नै रंगशालामा आएका थिए । आज महाशिवरात्रिको सार्वजनिक बिदा भएका कारण पनि दर्शकको ओइरो लागेको हो ।

nepali-women-football team2025-02-26-17-12-27.jpg


नेपालको सुरुआती–११
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल ।