Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हिजो उच्च ‘रेकर्ड’ बनाएको सुनको भाउ आज ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ आज केहि घटेको छ। 

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँको कारोबारको रेकर्डलाई मंगलबार तोडेको थियो ।

यसदिन चाँदीको मूल्य ३० रुपैयाँ घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।