Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बीवाईडी हाई–टेक विक २०२५ फागुन १५ गतेदखि सुरु

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ। फागुन १५ देखि १८ सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ। जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ।

बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ। विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुनेछ।