Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो ।