Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

 बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए । नवनियुक्त अध्यक्ष ओझा पत्रकारिता तथा अध्यापन पेशामा संलग्न थिए ।