Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्री ओलीको जन्मदिनमा झापामा ‘जन्मोत्सव पार्क’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा गृह जिल्ला झापामा ‘जन्मोत्सव पार्क’ नामकरण गरिएको छ । 

प्रधानमन्त्री ओलीको ७३ औं जन्मदिनका अवसरमा ७३ वटा बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण गरिएको हो ।

सुकेडाँगी सामुदायिक वनमा वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष बलराम रिसालले ‘जन्मोत्सव पार्क’ नामकरण गरेका हुन् । 

सोही अवसरमा कन्काई नगरपालिका २, धनुष्कोटीमा पूजा र हवनसहित ७३ दीप प्रज्वलन गर्नुका साथै अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम पनि गरिएको थियो ।