Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

श्रीमती पाल्ने हुती थिएन, डेरा नपाएपछि घरज्वाइँ बसेँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विगतमा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको बताए।

‘त्यतिबेला एउटी श्रीमती पाल्ने अवस्था पनि थिएन। धाक लाउने ठाउँ थिएन। म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन। मैले सही कुरा खुलस्त भन्ने गर्छु। त्यतिबेला पनि त्यसैगरी भनेको हुँ।’ ओलीले भने। गृहमन्त्री भएपछि बसिराखेको कोठा छाडेको र मन्त्री पदबाट हटेपछि काठमाडौंमा डेरा पाउन नसकेको उनले सुनाए। त्यसपछि घरज्वाइँ बसेको उनले स्मरण गरे।

‘गृहमन्त्री भइयो। बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो। हट्न पर्‍यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन। सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन भिनाजु दुई चार दिन हाम्रैमा बसौं अनि विस्तारै कोठा खोजौँला भनेपछि म गएँ ।’ ओलीले भने,‘साथीभाइले सोध्न थाले कहाँ बस्नुभएको छरु भनेर, कतिलाई भन्नेरु अनि मैले भने घरज्वाइँ बसेको छु। त्यसपछि मान्छेले सोध्नै छोडे। कतिपय मान्छेलाई घरज्वाइँ बसेको भन्दा हीनताबोध हुन्छ नि मलाई त भएन । मैले पहिल्यै पाल्न सक्छु भनेको भए पो हीनताबोध हुनु !’ उनले आफू गाईभैंसी चराएर, गोरु जोतेर खेत खन जोत गरेर आएको स्मरण पनि गरे।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यको ‘डिमाण्ड’ अहिले उनले लेखेको किताब पढेपछि मात्र थाहा पाएको बताएका छन् । शाक्यको आत्मकथा कृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीमती शाक्यलाई रोचक तरिकाले जवाफ दिएका छन् । उनले भने, ‘मप्रति उनको पनि केही डिमाण्डहरु रहेछन्, अहिलेसम्म मैले थाहा पाएको थिएन, किताब पढ्दा थाहा पाएँ । केही इच्छाहरु रहेछन्, अब जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु, सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दोरहेछ, भन्दिए हुन्थ्यो भन्ने मलाई पथ्र्यो ।’

उनले भने, ‘म सम्झिन नसक्ने उनले नसम्झाउने । अब ३७ वटा जन्मदिन विवाद उत्सव यसैगरी बिते, उनले मेरो जन्मदिन चाहिँ सधै भव्यताको साथ मनाउने ५० औं जन्मदिनबाट, म जहिलेबाट गम्भिर बिरामी हुन थाले त्यसबाट हरेक जन्मदिन, बुढाबुढीले भन्छन् नि अर्को वर्षे के होला होला । त्यसैले उनले पनि अर्को जन्मदिन के हो ? के हो ? यो जन्मदिन चाहिँ धुमधामै मनाउनु पर्छ भन्ने लागेको होला तैपनि मलाई भनेको छैन ।’