Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छः झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र ‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । उनले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपाल लक्षित कटाक्ष गरे ।

नेता खनालले पार्टी निकट विद्यार्थी संगठन र युवा संघमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए । उनले जनसंगठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे ।

पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ । ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ रु भन्दै उनले अध्यक्ष नेपाललाई प्रश्न समेत गरे ।