Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रधानमन्त्री ओलीसँग बालेनको आग्रह: अमेरिकाले भ्रष्ट, ईन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार त दिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt  (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले लेखेका छन् ।

यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए ।