Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता?

नेपाल टेलिकममा विभिन्न पदका लागि ६९ जना कर्मचारी माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो । आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।

योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।


हेर्नुस् सूचना

nt.jpg