काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धादिङबाट विवाहको जन्ती पुर्याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।