Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विवाहको जन्ती पुर्‍याएर फर्किदा बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्।  दुर्घटनामा तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

धादिङबाट विवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान ५ ४० बजे सडकबाट करिब २०० मिटर तल खसेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए।

दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको घलेले बताए ।