Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घट्नाबारे विस्तृत जानकारी

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरु आन्दोलित अवस्थामा छन् ।

Amish Pandey.jpg

विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरुले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टेलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको छ ।  सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटना बारे विस्तृत जानकारी दिदैँ घटनापश्चात गल्स होस्टेलका सबै केटीहरुाई ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको बताएका छन् ।

 
उनले भने, ‘त्यसपछि गल्स होस्टेलमा सबै केटीहरुलाई बाधेर राखेको छ भन्ने कुरा आयो किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो । हामीले पछि नारा लगाउन थाले पछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ् जस्तो भयो र त्यो समयमा प्रकृती लम्सालको मोबाईल, ल्यापटपमा छेड्खानी भएको छ । कोठाको सामानहरु सबै मिलाउने काम भएको रहेछ ।’

Phot (2).jpg

यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव एमेलेको छोरा भएको कारण कलेजप्रशासनले बचाउने प्रयास गरेको पनि बताए ।  उनले भने, ‘हामी घटना भएको ठाँउमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रिवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौं । आड्भिक श्रिवास्तव एमेलेको छोरा हो, मुख्य कुरा नै यही हो । त्यसको विरुद्धमा प्रकृतीले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो । यसमा केही याक्सन भएको थिएन् । हामीले त्यो केटाको खोजी गर्दा उनीहरु पक्राउ परिसकेका छन् भन्ने कुरा आयो ।’ 


यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरुको छेड्खानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए । 
यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट गरेको भन्दै के हामी आतंकवादीहरु थियौं भन्दै प्रश्न गरेका छन् ।

Phot (3).jpg

उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । त्यसको भोली पल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जति पनि नेपाली विद्यार्थीहरु छन् उनीहरुलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भन्नु भयो । ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टेलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरुलाई कुटपिट भईरहेको छ । बसमा राखेर पनि कुटि रहेको छ के हामी आतंकवादीहरु थियौं ।’ जथाभावी रुपमा विद्यार्थीहरुलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरुको भनाई छ ।