Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

किन जाँदैछन् देउवा भारत?

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यतातर्फ जान लागेका हुन् ।

उनी इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुँदैछन् । कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । त्यहाँ अरु पनि वक्ताका रूपमा सहभागी हुँदैछन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ ।

४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसीलगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महत पनि कुम्भमेलामा पुगेका छन् ।

अरु को–को छन् वक्ता?

india-foundation.jpg