Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पोखरामा बिस्फोट प्रकरणः बलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।