Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

त्रिपुरेश्वरको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा डिस्पोज

त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । 

कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।

उक्त वस्तु के थियो भन्ने अहिले खुलिसकेको छैन ।