Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दुई वरिष्ठ अधिकारी केआईआईटी पुगिसकेः परराष्ट्रमन्त्री आरजु

परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपालका दुई जना वरिष्ठ अधिकारी पुगिसकेको बताएकी छिन्।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर फलोअप गरिरहेको र मंगलबार बिहान दुई जना वरिष्ठ अधिकारी विश्वविद्यालयमा पुगिसकेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नु भएको छ ।’


विश्वविद्यालय पुगेका दुई जना अधिकारीलाई घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको पनि बताएकी छिन् । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको पनि उनको भनाइ छ ।