Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

१८ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ । 

कार्यालयले आज मंगलबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्न लेखी पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

मुख्यव्यक्ति उमेश सिंह रहेको भाव्य कन्ट्रक्सन, पाल्हीनन्दन– २ तीन वर्षको लागि कालोसूचीमा परेको छ । त्यसैगरी मुख्यव्यक्त रामचन्द्र गिरी रहेको आरसी कन्ट्रक्सन सुन्दर हरैचा– १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्रालि दुई–दुई वर्षको लागि कालो सूचीमा परेका छन् ।

हेर्नुस् सूचना

Screenshot.jpg