Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

p(19).jpg