Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अल्लोका कपडा बनाएर आयआर्जन गर्दै गुल्मीका महिला (भिडियो)

हुमाकान्त पोखरेल, तम्घास। गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् । 

गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा अल्लोका कपडा बुन्ने र बेच्ने पुरानै रितीरिवाज हो । ग्रामीण क्षेत्रमा यत्तिकै खेर जाने सिस्नुका कपडा बनाउन महिलाहरूलाई राज्यले प्रेरित गरे सङै उनिहरुले व्यवसायिक रुपमा सुस्नुका कपडा बनाउदै आएका छन् ।

Sequence 01.00_52_47_20.Still1147.jpg

विगत ८ वर्ष देखि भार्सेमा लघुउद्यमको लागि साझा सुविधा केन्द्र केन्द्र स्थापना गरेर अहिले १४ जना महिलाले अल्लो बाट टोपी, गलबन्धी, सल, कोट र मजा बनाउदै आएका छन् । औसत एक मिटर कपडालाई एक हजार रुपैयाँमा बिक्री हुने इन्द्रकला काउचा बताउँछिन् । 

सिस्नुलाई टिपे पछि सुकाउने, धुने र पकाएपछी कपडा बुन्न सुरु गरिन्छ । सत्यवतीमा उत्पादन भएको अल्लोको कपडा गुल्मी सहित छिमेकी जिल्लामा समेत निर्यात हुने गर्दछ । महिलालाई रोजगारीसँग जोडन सत्यवती गाउँपालिका सङै घरेलु तथा साना उद्योग कार्यालय र तत्कालीन जिल्ला विकास समिति गुल्मीले विभिन्न कार्यक्रम गर्दै आएको छ । फुर्सदको समय मिलाएर कपडा बुनेर पनि आय आर्जन गरिरहेको रामकुमारी दर्लामी बताउछिन् ।

नयाँ पुस्तालाई अल्लो तर्फ आकषिर्त गर्न तालिम,ज्ञान सीप र बजारीकरणको पुर्ण ग्यारेन्टी सत्यवती गाउँपालिकाले गरिरहेको अध्यक्ष टिकाराम पाण्डेको दाबी छ । गाउँमै प्रशस्त अल्लो, बजारीकरणको राम्रो व्यवस्था भएको हुँदा यहाका स्थानीयलाई थप जागरुक गराई व्यवसायीक बनाउन सके खेरागएको अल्लोनै आम्दानीको मुख्य स्रोत बन्न सक्छ । 

भिडियो: