आज सोमबारदेखि काठमाडौंको दशरथ रंगशालमा चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप सुरु हुँदैछ ।
जसमा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर पहिलो पटक महिला फुटबलमा यो किसिमको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । यसअघि नेपालमा साफ वुमन्स च्याम्पियनसिप तीनपटक आयोजना भएको थियो भने ओलम्पिक क्वालिफायरमा भियतनाम नेपाल आएर खेलेको थियो ।