Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । 

आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार हुँदैछ । सोही परिणामको सुन शुक्रबार एक लाख ७० हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदी पनि १५ रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ । 

शुक्रबार चाँदी तोलामा एक हजार नौ सय ७० पुगेको थियो ।