Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आज प्रणय दिवस दिन पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो?

आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन् । एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ ।

पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजो एकै दिन २३ सय रुपैंयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ४०० रुपैंयाँले बढेको हो ।

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।