Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार बढिरहेको सुनको भाउ आज ह्वात्तै घट्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

लगातार बढिरहेको सुनको भाउ आज बुधबार घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।