Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका-७ वाग्ला बस्ने ८० वर्षीय इन्द्रलाल गिरी छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालका अनुसार गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो। मृतक गिरीको घर परिवारमा उनी र भाइमात्र रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।