Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नागरिक स्टक डिलर कम्पनी छैंठौ वर्षमा प्रवेश

पुँजीबजारसँग सम्बन्धीत धितोपत्र व्यापारी (स्टक डिलर) नागरिक स्टक डिलर कम्पनी लिमिटेड(NSDCL) आजबाट छैंठौ वर्षमा प्रवेश गरेको छ । सोको अवसरमा कम्पनीको सभाहलमा विशेष समारोह आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका सदस्य पर्वत कुमार कार्कीले गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। श्रेष्ठले स्वागत मन्तव्यका क्रममा संस्थापक संस्था, नियामक निकाय, ग्राहक लगायत सम्पूर्ण शुभेच्छुकहरुलाई साथ, समर्थन र हौसलाका लागि धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दैं आगामी दिनहरुमा पनि साथ समर्थन र प्रेरणाको अपेक्षा रहेको बताएका थिए ।

WhatsApp Image 2025-02-11 at 20.15.03_a324d8a1.jpg

यसका साथै, पुँजीबजार सम्बद्ध हरेक सेवाहरु एकै छानाबाट नवीनतम प्रविधिको प्रयोग गर्दै सरल तथा सहज रुपमा प्रवाह उद्देश्य रहेको हुँदा सोही बमोजिम निकट भविष्यमा नै मार्जिन कारोबार सुविधा, लगानी परामर्श तथा पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याउने योजना रहेको पनि उनले जानकारी दिए।

 

उक्त कार्यक्रममा धितोपत्र दलाल मार्फत सबैभन्दा बढी कारोबार गर्ने ग्राहकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन अधिकृत महेन्द्र नारायण जोशीले गरेका थिए।