Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसदको कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

प्रतिनिधिसभा बैठकमा मंगलबार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल नहुने भएको छ । 

सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल र पारित गरिने उल्लेख थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख थियो।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा राखिएको थियो । तर, दैनिक कार्यसूचीबाट हटाइएको छ । 

यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो । मंगलबारको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश टेबल हुने कार्यसूचीमा उल्लेख छ ।