Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रविसहित चार जनालाई थुनामै राख्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित चार जनालाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ। जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा रिहा गर्ने आदेश बदर गरी थुनामै पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले आइतबार मुद्दा दायर गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीको ठगी आरोपमा चार जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उनीहरू सबैलाई थुनामै राख्न माग उच्च सरकारी वकिलले गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामा राख्न माग गरिएको छ ।


यसअघि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि उच्च अदालत पोखरामा मुद्दा दायर भएको छ । सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पनि उनलाई पुपृक्षका लागि थुनामै राख्न माग गरिएको छ ।