Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सभामुखले सांसदको नाम बिगारेपछि...

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई सदनमा सांसदहरूको नाम उच्चारण गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीलाई सभामुख घिमिरेले ज्ञानबहादुर कार्की भनेर सम्बोधन गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

सभामुखले ज्ञानबहादुर कार्की भने लगत्तै ज्ञानेन्द्रबहादुर कार्की भनेका थिए । उठेर बोल्न सुरू गर्नुअघि कार्कीले भने, ‘नाम उच्चारण गर्दा ध्यान दिनको लागि आग्रह गर्छु ।’