Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुरक्षित कारोबारसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।

आज सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । 

जसमा संसदले सर्वसहमतिले संसदबाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ ।