Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बालेनलाई सांसद अमरेशकुमारको चुनौती: मधेशी कुटेर हिटलर बन्न खोजेको? सक्छौ भने सिंहदरबार र संसद भवन भत्काएर देखाऊ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस जनाएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए।  उनले भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु। हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन।’ 

यो कानून र न्याय नभएको देश भएको उल्लेख गर्दै सांसद सिंहले अगाडि भने, ‘त्यो मेयर कुन तानाशाह भएर निस्किएको छरु मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेकोरु’  कवाड व्यवसायीमाथि डोजर चलाएको भन्दै उनले मेयर बालेनलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसले दिएको नागरिक अधिकारमा ख्याल गर्न भनेका छन्। 

अमरेशले भने, 'हिजो माघ २७ गते कवाड व्यवसायीहरुमाथि डोजर चलाइयो। त्यहाँ मुस्लिम छ, दलित छ, काठमाडौंका पनि छन्। जो घाइते भएका छन् त्यहाँ कोही पनि शासक छैन।'