Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रक्षामन्त्री मानवीर राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि...

रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको छ ।

आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो। 

ग्लास मर्मत गरेर दुवै पक्षको बिचमा मिलापत्र भएको हो। मानवीय क्षति नभएको ट्राफिकले जानकारी दिएको छ।