Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज साताको पहिलो दिन सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।