Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको एकसट्ठियौं बार्षिक प्रतिबेदन, २०८१ पेश गर्ने तय भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन् ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी प्रेम सुवालबाट प्राप्त विरोधको सुचनालाई निर्णायार्थ पेश गरिने भएको छ ।

आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’, नेपाल प्रहरी बिधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने,  सशष्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ । 

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन् ।

विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानवअधिकारी समितिको प्रतिवेदनको बिभिन्न बुदाँहरू र बिधेयकका दफाहरूलाई निर्णायार्थ पेश प्रस्तुत गरिनेछ भने भने कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाई पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जनाएका छन् ।

तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसुचीमा समावेश गरेको छैन । 

karyae_MdACMjr8kV.jpg