आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । हरेक वर्ष फेब्रुअरी ९ मा ‘चक्लेट डे’ मनाइन्छ । यो भ्यालेन्टाइन सप्ताहको एक महत्वपूर्ण दिन हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ।
आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।
सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।

यस्ता छन् चकलेटका फाइदाहरू
– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।
- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ ।
-चकलेटले छालामा निखार ल्याउँछ ।
– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ ।
– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ ।
– डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
– चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।
– चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ ।
चकलेटको प्रकारहरू :
डार्क चकलेट – स्वास्थ्यका लागि राम्रो, प्रेम र गहिरो सम्बन्धको प्रतीक ।
मिल्क चकलेट – मिठास र कोमल सम्बन्धको संकेत ।
ह्वाइट चकलेट – शुद्धता र निर्दोष प्रेमको प्रतिनिधित्व ।
नट्स भएको चकलेट – बलियो सम्बन्ध र जीवनका मिठा सम्झनाहरूको प्रतीक ।