Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

केपी ओली कपमा कलाकारसँग राजनीतिज्ञ टोलीको हार

फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप राजनीतिज्ञ र कलाकारबीच शुक्रबार मैत्रीपूर्ण खेल भएको छ । 

राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल भएको  हो । उक्त खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहेका थिए भने कलाकारबाट बद्री पंगेनी कप्तान रहेका थिए । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।