Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

लगातार बढिरहेको सुनको भाउ आज ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा केहि दिनयता लगातार उकालो लागिरहेको सुनको भाउ आज भने घटेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाका चार सय रुपैंयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तीन दिनमा पाँच हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो ।

सुनको मूल्य गएको मंगलबार तोलामा १९ सय, बुधबार २२ सय र बिहीबार १६ सय रुपैयाँ बढेको थियो । चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।