Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बजेटको आकार संशोधनः १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने

‘म आएपछि निर्माण व्यवसायीलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएँ’

सरकारले चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमान गरेको छ । कुल विनियोजनमा अर्थमन्त्री विष्णु पौडेलले ९ प्रतिशत घटाएर कार्यान्वयन पूरा गर्ने लक्ष्य राखेका हुन् । 

चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० बजेट विनियोजन गरेको थियो । यसमध्ये अर्धवार्षिक समीक्षामा १६ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको हो । अर्थमन्त्री पौडेलले बजेट विनियोजनको ९०.९९ प्रतिशत खर्च हुने जानकारी दिए ।

यसअनुसार चालुतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ । वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्री पौडेलको दाबी छ ।

‘म आएपछि निर्माण व्यवसायीलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएँ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि निर्माण व्यवसायीहरूलाई मात्रै करिब ३० अर्ब भुक्तानी दिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री पौडेलले ‘चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’, पेस गर्दै उनले आफ्नो कार्यकालमा निर्माण व्यवसायीलाई करिब ३० अर्ब बक्यौता भुक्तानी गरेको बताएका हुन् ।

‘म आएपछि निर्माण व्यवसायीहरूको अघिल्लो वर्ष भुक्तानी हुनुपर्ने करिब ३० भुक्तानी दिएँ । अनि भुक्तानीको गफ गर्ने? यो वर्षको भुक्तानी छँदै छ । अघिल्लो वर्षको भुक्तानी दिएँ । त्यसैले भुक्तानीका विषयका चर्चा गर्नुभयो त्यो सत्य होइन’, अर्थमन्त्री पौडेलले भने ।