Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भायानेटद्वारा श्री देवकोटा आधारभूत विद्यालयमा सहयोग


भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ।

यस सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल,  शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको छ।

विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे।

भायानेट कम्युनिकेसनले आफ्नो सीएसआर (CSR) कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आइरहेको छ। संस्थाले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्‍याउन प्रतिबद्धता जनाएको छ।

यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायानेटले राखेको छ।