Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चितवनबाट परिवर्तनको लडाईं सुरु भएको छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं सुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन् ।

आज बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको उनको भनाइ छ ।

 

उनले चितवनवासीले आफ्नो न्यायका लागिसाथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाएका छन्  ।