Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकियो, आदेश आजै आउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने बताइएको छ ।

चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस  बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो ।

चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाइएको थियो ।