Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कांग्रेसका क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

सत्तारुढ नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल काठमाडौंबाट पक्राउ परेका छन् ।

उनलाई मानव तस्करी तथा ठगीको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइ दिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।