कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी महिला टी–ट्वान्टी त्रिकोणात्मक सिरिजअन्तर्गत आजको खेलमा नेपालविरुद्ध टस जितेर थाइल्याण्डले फिल्डिङ रोजेको छ । प्रतियोगिताकै बलियो टिम थाइल्याण्डले ब्याटिङ गरिरहेको छ ।
सिरिजमा थाइल्याण्ड अपराजित टिम हो । पहिलो चरणमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । नेपाल भने सिरिजकै पहिलो जितको खोजीमा छ ।
महिला सिनियर टिमले थाइल्याण्डलाई हराउन नसकेको १२ वर्षभन्दा बढी समय भइसकेको छ । सन् २०१९ मा भएका दुई खेलमा नेपाल ७० र ५७ रनले पराजित भएको थियो । २०२३ मा ४६ रनको हार बेहोरेको थियो ।