Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्ड बेनीमा, खबरदारी सभालाई सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज मंगलबार म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ नै बेनी पुगिसकेका छन् । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुगेका छन् । 

अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ । त्यसक्रममा उनले स्थानीयसँग छलफल पनि गरेका छन् ।