Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

न्याय परिषद्को सदस्यमा खड्का नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई नियुक्त गरेका छन्।राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१)को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएसनको सिफारिस अनुसार खड्लाई नियुक्त गरेका हुन् । यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । खड्का बरिष्ठ अधिवक्ता हुन् ।


नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्काको नाम न्याय परिषद् सदस्यमा नेपाल बार एशोसिएसनको तर्फबाट सिफारिस भई आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।

l(15).jpg