Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अखिल क्रान्तिकारीबाट बाहिरिएका नेतालाई पार्टी वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू भएपछि बाहिरिएकाहरुको व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको हो ।

बस्नेतको नेतृत्वमा गठन कार्यदलमा अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंह सदस्य छन् । आज अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको सदस्य शर्माले बताए । प्रतिवेदनमा विद्यार्थी नेताहरुको पार्टी तहमा जिम्मेवारी सिफारिस गरेको उनले बताए ।


उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको छ । तीबाहेक तलकालाई पनि आवश्यकताअनुसार जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।

हालै बसेको केन्द्रीय कमिटीको बैठकले बाहिरिएका विद्यार्थी नेताहरुलाई उचित जिम्मेवारी दिने निर्णय गरेको थियो ।