Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विचार मिल्नेसँग एकताको पहल जारी छः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको बताएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिले देशव्यापीरूपमा माओवादी प्रवेशको लहर चलेको दाबी गरे । अहिले देशैभरीम माओवादी प्रवेशको लहर चलेको अध्यक्ष प्रचण्डको दाबी छ । अब पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउनु पर्ने उनले बताए । विचार मिल्नेहरूसँग एकताका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।


माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्तालगायत छन् ।