Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय सभा बैठकमै कांग्रेस सांसद ढलेपछि...

राष्ट्रियसभा बैठक चलिरहेकै बेला कांग्रेसका एक सांसद ढलेका छन् । बैठक चलिरहेका बेला सांसद उक्त रक्तचापका कारण ढलेका हुन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए। उनी अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिएका छन् ।


‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने । अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीय ज्यूको उपचार भइरहेको छ,’ स्रोतले भन्यो ।