Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल क्रिकेट संघले भन्यो - धन्यवाद मोन्टी, सम्झौता नविकरण नगर्ने

नेपाल क्रिकेट संघ 'क्यान'ले फेब्रुअरीमा मोन्टी देशाइको सम्झौता सकिएसँगै उनको सम्झौता नवीकरण नगर्ने जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले दुई वर्षको सम्झौता फेब्रुअरीमा समाप्त भएसँगै उनको सम्झौता नविकरण नगर्ने जानकारी दिए।
प्रवक्ता लामाले नयाँ प्रशिक्षकका लागि क्यानले चाँडैनै प्रक्रिया सुरु गर्ने बताए।

New Project (11).png

दुई वर्षे कार्यकालमा मोन्टीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको भन्दै क्यानले उनलाई धन्यवाद दिएको छ। अब नयाँ प्रक्रियाका लागि क्यानको बैठक बस्ने लामाले जनाए।

मोन्टीको कार्यकालमा नेपालले अन्तिम समयमा सनसनिपूर्ण रुपमा १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता जोगाएको थियो भने विश्व कपको छनोट समेत खेलेको थियो।

उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो। मोन्टीकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० श्व कप समेत खेलेको थियो।