Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संसद्मा प्रधानमन्त्री बोल्दै, रास्वपाका सांसदहरूले गरे प्रतिनिधि सभा बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।

अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । उनीहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेको जानकारी गराएका छन् ।

RS_KTM_RSS_18_RATL0674.jpg

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका हुन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई  यथास्थानमा बस्न आग्रह गरेका थिए । 

भिडियो